(करण तामाङ)
बिज्ञापन
काठमाडौं । सभ्यता पाठशाला नागर्जुन १ रानिवनले दोस्रो इन्टर स्कुल कराते प्रतियोगिता २०८१ सभ्यता कप सम्पन्न गरेको छ।
बिज्ञापन
सभ्यता पाठशालाका प्रधानाध्यापक ध्रुव कुमार देवकाे अध्यक्षता र नेपाल कराँते महासंघका केन्द्रीय महासचिव, एसिया प्यासिफिक सितोरियो कराँते संघकाे अध्यक्ष दावा गुरुङकाे प्रमुख आतिथ्यता, नेपाल साेताेकान संघ एस के आई एफका प्रमुख प्रशिक्षक साथै नेपाल कराँते महासंघ बरिस्ठ सल्लाहकार निवास गाेपाल वैद्यकाे विशेष आतिथ्यतामा प्रतियोगिता सम्पन्न गरेको हाे ।
सोही सभ्यता पाठशाला विद्यालयले पाँच वर्ष अघि पनि पहिलो पटक कराँते च्याम्पियनसिप सम्पन्न गरेको थियोे । जसले कराँते खेलाडीहरुकाे शारीरिक र मानसिक रुपमा तन्दुरुस्तकाे राम्रो नतिजा आएकाे बताएको छ । यस प्रतियोगिताकाेकाे संयाेजक एवम् व्यवस्थापनमा भने कराँते राष्ट्रिय निर्णायक अष्ट विर लामा र दिपा गिरी रहेको थियोे । ३३ वटा डाेजाे तथा विद्यालयहरुकाे सहभागीता रहेको थियोे । १९ स्वर्ण पदक सहित बाल सिर्जनालय प्रथम, १३ स्वर्ण पदक सहित आदित्य बाेर्डिङ स्कुल द्वितिय र १० स्वर्णसहित बाग भैरब हाई स्कुल तृतीय हुन सफल भएका थिए भने ९ स्वर्णसहित भि एस निकेतन स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएको थियोे । काठमाडौंमा सम्पन्न भएको च्याम्पियनसिपमा उपत्यका बाहिरबाट राम शाह स्कुल र बाल ज्योति स्कुल तनहु जिल्लाबाट, शिक्षा सदन स्कुल धादिङ साथै कालिका हिमालय माध्यमिक विद्यालय रसुवा बाट सहभागी रहेको थियोे ।
बिज्ञापन
नेपाल साेताेकान कराँते संघ एस के आई एफकाे सहयोगमा सम्पन्न प्रतियोगितामा सहभागिता सम्पुर्ण विद्यालय , कराते प्रशिक्षक , निर्णायक तथा अविभावक हरुले उत्कृष्ट कार्यक्रम आयोजना भएको भन्दै प्रसंसा र प्रतिकृया दिदै खुसि व्यक्त गरेका थिए ।
उक्त प्रतियोगितामा कार्यक्रम उद्घाेषण भने कराँते राष्ट्रिय निर्णायक, कलाकार निर्देशक करण तामाङले गरेका थिए । मिडिया पार्टनरका रुपमा मेगा टेलिभिजन, समय दृष्टि साप्ताहिक, समस्टि नेपाल डटकम, डि एन एस अनलाइन लगायतका रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्