काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ५ र ७ स्थित हाईभिजन कोलोनीमा बृहत् स्वास्थ्य शिविर साथै रक्तदान कार्यक्रम सन्चालन हुने भएको छ ।
बिज्ञापन
नेपाल मेडिसिटी अस्पतालको सहकार्य तथा हाईभिजन कोलोनी समाजको आयोजनामा बृहत् स्वास्थ्य शिविरको आयोजना हुन लागेको हो ।
बिज्ञापन
आउदो पुस ६ गते शनिबार हुन लागेको उक्त बृहत स्वास्थ्य शिविरमा महिलाहरूको पाठेघरको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सको स्क्रिनिङ, पुरुषहरुको पोष्टेड तथा मृगौलाको निःशुल्क परीक्षण गरिने हाईभिजन कोलोनी समाजका कोष अध्यक्ष भु पु सैनिक इन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
सोही कार्यक्रम चन्द्रागिरि नगरपालिकाको वडा नं ५ र ७ स्थित वाणस्थलीमा बिहान १० बजेदेखि सुरु हुने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्