काठमाडौं,
कार्तिक १३ धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक जुवाखालबाट पक्राउ परेका छ ।
बिज्ञापन
कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेको जानकारी दिएका छन् ।
बिज्ञापन
थापासहित पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, तास, मोटरसाईकल ६ थान र स्कुटी १ थानसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ। स्रोतका अनुसार पक्राउ परेका थापालाई निलम्बन गर्नेसम्म तयारी भएको छ।
बिज्ञापन
थापा यसअघि बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि बढुवा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्