काठमाडौं । पृथ्वी राजमार्ग (नौबिसे–मुग्लिङ सडकखण्ड) पुस ७ गतेदेखि एक सातासम्म दैनिक तीन घण्टा आंशिकरूपमा बन्द हुने भएको छ ।
बिज्ञापन
उक्त सडक खण्ड पुस ७ गतेदेखि १३ गतेसम्म दिउँसो ११ बजेदेखि २ बजेसम्म आंशिकरूपमा बन्द गर्न लागिएको नागढुंगा मुग्लिङ सडक आयोजनाले जनाएको छ ।
बिज्ञापन
सडक सुधारको काम भइरहेकाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । साथै आयोजनाले पोखरेभिर र विशालटारमा मोड सुधारको काम गर्न लागेकोले एक विज्ञप्ति मार्फत सूचना जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्