काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका उनलाई आज सर्वोच्चले रिहा गरेको हो।
बिज्ञापन
रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भनेका छन् । अदालतले मलाई न्याय दिएको छ। सम्पूर्ण साइबर परिवारलाई धन्यवाद उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए ।
बिज्ञापन
सञ्चारकर्मीसँग बोल्ने क्रममा उनले भने तस्करहरूसँगको लडाइँबाट म भाग्दिनँ । जुन बोली कम्युनिस्टहरूले बोल्ने बोली मैले बोल्नुपर्यो,’ प्रसाईंले भने ।
आज उनलाई सर्वोच्चमा हाजिर गराउँदा न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो ।
बिज्ञापन
यसअघि उनी साइबर अपराधमा धरौटीमा रिहा भएका थिए। आज भने साधारण तारेखमा रिहा गर्न आदेश भएको सर्वोच्च अदालतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्