बारामा बरामद बेवारिसे शव प्रहरी,भान्सेको भएको पुष्टि

२०८१ पुष ६, शनिबार ०७:०९

बारा । बारामा शनिबार बिहान फेला परेको शव पहिचान खुलेको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ ।

बिज्ञापन

बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बेवारिसे अवस्थामा फेला परेको शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको बताए । उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए । मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरसाहेबको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज बिहान मृत भेटिएका हुन ।’

बिज्ञापन

उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौँ । सम्बन्धित सबैसँग सोधपुछ चलिरहेको छ । त्यसकारण अहिले केही बोल्न सकिने अवस्था छैन ।’

मृतकको टाउको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ ।

बिज्ञापन
२०८१ पुष ६, शनिबार ०७:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना