काठमाडौं : चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।
बिज्ञापन
उनी भने सहकारीका कोषाध्यक्ष थिए ।
प्रतिक्रिया दिनुहोस्