लघु उपन्यास “साँझकाे क्षितिज सिन्धुरी

२०८१ पुष ८, सोमबार १४:५७

लघु उपन्यास : करण तामाङ

बिज्ञापन

साेम तामाङ | नेपाल सरकार राष्ट्रिय युवा परिषद् अन्तर्गत कला संगीत तथा साहित्य सञ्जालका केन्द्रीय सदस्य साथै नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे आजीवन सदस्य एवम् प्रवक्ता युवा साहित्यका लेखक करण तामाङले “साँझकाे क्षितिज सिन्धुरी” लघु उपन्यास शुक्रबार सार्वजनिक गरेको छ।

बिज्ञापन

उपन्यास एकदमै छाेटाे छ तर राेचक परिवेश समेटेकाे पाइन्छ । उक्त उपन्यास उनका आफ्नै साप्ताहिक पत्रिका मार्फत सार्वजनिक गरेका हुन । उक्त उपन्यास यसप्रकार रहेको छ :

” साँझकाे क्षितिज सिन्धुरी”

बिज्ञापन

याे जाडाेकाे माैसम डाँडापारि गाउँमा हुस्सु लागेको अनि बिहानीकाे घामले हुस्सुलाई विस्तारै पातलो बनाउँदै । भञ्ज्याङकाे चाैतारी माथि बसेर क्षितिजले पनि म तिर हेरेर मुस्कायाे अनि हुस्सु र कुहिराे भएको तिर नजर लगाउदै न्यानाे पवन मेरै निम्ति पठाउँदै । मन शुन्य कहाँ हुन्छ र ? बाेकेर प्रेमका रंगहरु उसैकाे लागि, जब हुस्सु भाग्याे तब उनीकाे गाउँकाे दर्शन पाएँ ।

माथी लेकका खर्कहरुमा उनी र मेरो प्रेमकाे डाेबहरु अझै ताजै छ । अलिकति फुर्सद मिल्ने बित्तिकै साँझ बिहान भेट्ने ठाउँ त्यही लेकाली खर्क नै त हाे ।

बिहानी क्षितिज फूल फुलेको बगानमा सुगन्ध फैलिए जस्तै अनि साँझकाे क्षितिज त सिन्धुरी मखमली । उनी र म कयौंपटक लुकामारी खेलेकाे खर्क र भेँडीगाेठ । कहिले कुहिराे भित्र घुम्टाे ओढेर बेहुली बनाएर बसेकाे उनी र म मात्र, त कहिले सुकेका झिकटाहरु जम्मा पारेर आगाे तापेर छेउमा उनी मेरो काखमा निदाएकी । कति मिरमरे आँखा, सुन्दर कति निर्दाेषी अनुहार, सिल्की छरितो केश, बैशकाे फुलेकाे जवानी राम्रोसँग हेरेकाे देखेकाे उही बेला हाे ।

मन्द हावामा हल्का फुरफुर उडेको उनकाे केस जसले मेरो चेहरालाई पनि सुम्सुम्याउदै छ, प्रेमले मायाले अनि आफ्नाे पनले । उनीलाई पनि मेरो काँधमा, मेरो काखमा अनि मेरो साथमा रहन पाउँदा औधी खुसी अनि सुरक्षित आभाष हुन्छ अरे त्यस्तै मलाई पनि उनकाे साथमा । एक एक जाेड्दा दुई हुन्छ भने त्याे गणित हाे, एक एक जाेड्दा शुन्य हुन्छ भने त्याे आध्यात्म हाे भने उनी एक र म एक जाेड्दा एक नै भयाैँ सायद याे प्रेम माया समर्पण हुनुपर्छ ।

उनीकाे पछ्याैरीमा हामी दुवै लुकेकाे एउटै बनेर । बुधबारकाे दिन मलाई प्याराे लाग्ने बार हाे जुन दिन उनकाे र मेराे त्यही खर्कमै भेट भएको थियोे । एकदिन यस्तो थियोे जसले मलाई उसकाे बनायाे । भेडी गाेठबाट एक हुल भेडाहरु लिएर खर्क तिर लागेँ साेही दिन उसले पनि पारी गाउँबाट भेडाहरु लिएर आएकी रहेछिन् ।
भेडाहरु त टन्नै रहेछ नि च्याङ्बाकाे , मैले थपे: उम अलिअलि छ, तपाईंको पनि त टन्नै रहेछ नि घर कता पर्याे ? उम च्याङ्बा मेरो उ पारी त्याे हुस्सु लागेको भित्र पर्छ । फेरी साेधिहालेँ, अनि यति टाढाबाट यहाँसम्म भेडा चराउन आउनु भएको ? उनले भनिन, हैन गाेठ त नजिकै हाे उ पर डाँडाकाे मुनि अनि हजुरकाे नि ? मेरो पनि यतै पर भञ्ज्याङ मुनि हाे । भर्खर फुलेकी धपक्क, हरियो खर्कमा जुन जस्ती, पारी देखिने हिमाल भन्दा चम्किली बयान गर्ने शब्दनै भेटेन । त्याे खबत लाग्याे स्वर्ग सायद यस्तै हुँदाे हाे ।

गन्थनमन्थन राेकिएन, विस्तारै जिस्किन पनि थालिन् मानाै वर्षाैँ देखि सँगै बसेकाे । अब गाेठालाे लाग्न अझ जाँगर चल्न थाल्याे । आमाले छिटाे उठ सानू भनेर बाेलाउदा पनि जाडाेकाे बेला म बिहान नाै बजेसम्म सुत्ने मान्छे उनीसँग भेट भए देखि सात बजे नै उठ्ने बानी बस्याे जबकि भेडा चराउन जादा भेट हुन्थ्यो एउटी परी । दिनदिनै भेट हुन्थ्यो रमाइलो गफगाफ पनि, राेटी र काठकाे थर्मसमा चिया बाेकेर आउँथी मेरो लागि भनेर, मलाई उसकै हातले खुवाउँथी मैले पनि पैचाेमा उसकाे लागि । लाहुरबाट बाबाले ल्याईदिनु भएको भनेर नयाँ कपडा लगाएर मेरै अगाडि पुतली जस्तै फुरुङ्ग हुन्थिन् । माघ फाल्गुन ल्हाेछारकाे समय थियो । उनका बाबाआमा सबै ल्हाेछार मान्न गाेठबाट गाउँ जाने भएछ ।

यही कुरा उनले मलाई सुनाइन् । गाेठ हेर्ने जिम्मा उनले पायाे । ल्हाेछारकाे बेला बाअामा सबै गाउँ जाने भएपछि गाेठमा म एक्लै डर लाग्छ तपाईं पनि आउनु ल मलाई साथी उनकाे प्रस्ताव । लामाे समय भैसकेको चिनजान बल्ल माैका मिलेको उनी सँग बस्न । हुन्छ भनिदिए । केही दिन घरमा आउदिन साथीकाे घरमा पुजा छ म त्यही जान्छु भनेर ढाँटेर निस्किएँ । उनीसँगै उनकाे गाेठमा पुग्याे । आलु दही मथेर घ्यू निकालेर नि गाउँमा लगेर बेच्ने गरेको रहेछ । उनीकाे र मेरो प्रेम अझ धेरै बलियो बन्दै थियो । गाेठमा कहाँ घरकाे जस्तो आ-आफ्नाे ओछ्यान हुन्छ र? गाेठमा चिसाेले सताउँछ भनेर चुल्होमा आगाे बालेर छेउमा बिस्तारा लगायाैं । हामी दुबै जना एउटै बिस्तारामा पल्टिँदा मनमा अनेक कुराहरु खेलेकाे, डर पनि बढेको जस्तो अर्काे मनले हैन म सँग हुँदा उनी सुरक्षित महसुस गर्छिन् भन्ने ढुक्क मान्थ्याे ।

उनीकाे असहज पनमा पनि लामाे समयकाे पर्खाइ, प्रेमका अनेकन मिठा पलहरुलाई केही क्षणमा नै लिप्त गरायौं सायद यसलाई मधुमास पाे भन्छन् ।

त्याे खर्क त्याे गाेठ त्याे ठाउँ त्याे समयले उनीकाे र मेरो प्रेममा साट्नुपर्ने कुराहरु केही बाँकी रहेन । हामीले सबै एकअर्कालाई समर्पण गरिसकेका थियौँ । तलकाे जंगलमा फुल्ने बुकी फूल, पहाडकाे चुचुरो तिर फूल्ने गुराँस तन्नेरी फूल अनि माथी हिमाली मुस्कान सबै मेरो उसलाई र उसकाे मलाई साटिसकेका थियौँ । केही पर्खाइमा राखेनन उनकाे लागि उनले मेरो लागि । बख्खुमा चट्ट हिमाल हाँसे जस्तै उसले पनि मलाई हिमाली पहिरन सिकाउन भ्याइसकेकी थिई । समय त्यसरी बितिसकेको रहेछ कि अब हाम्रो भेट मुस्किल छ ।

पल्टनबाट उनकाे आप्पाले ल्याईदिनु भएको माेबाईल अनि मैले भेडा बेचेर किनेकाे फाेन साटेर चलाएका थियौं । उनका आप्पाले आमा र उनीलाई पल्टनमै लगेर राख्ने खबरले म झस्किएँ । हेल्लाे च्याङ्बा आप्पा घरमा आउनु भएको छ, भेडाहरु नि सबै बेचिसक्नु भएको अनि भाेलीनै आप्पाकाे पल्टन लानुहुने अरे । उनीकाे राेदनकाे अवाजले स्तब्ध बनायाे ।

उसाेभए त्यही खर्कमा साँझ भेट्न आउनु भने । हतार हतार खर्ककाे सुन्दर हरियाली दृश्यहरुमा पुगेँ । त्यही ठाउँ स्वर्ग महसुस गरेको मैले अहिले त्यही ठाउँ किन उजाड लाग्छ अहिले ? परबाट उनी आइरहेकाे देखेँ, पहिला खुसी लिएर आउँथिन् तर आज दु:ख र बिछाेड लिएर आएकाे मनले प्रष्टै भन्याे । पारी देखिने हिमाल सँधै मुस्काएर बस्थ्याे तर त्याे दिन मुस्काउन बिर्सेछ । घासे मैदान र खर्कहरुले प्रेमकाे सुगन्ध दिन्थ्याे तर याे दिन नराम्रो गन्ध दिलायाे । बादलहरु पनि आज अलिक कालाे रिसाएझैँ छ ।

खै क्षितिज पछाडि आधा लुकेको घामले प्रेमिल सुन्दुरी रंगकाे साँझ बताउथ्याे तर याे पटक भने फरक भैदियाे । खै मलाई कसले साथ दिएन र के कुराले साथ दिएन थाहै भएन , उही प्रकृति उस्तै समय थियोे तर कता कता अपुग छिया परेर फालिएको फूल जस्तै आभाष थियोे ।
उनी आइन र नबाेली यही अंगालोमा सुँकसुँकाउन थालिन् । आँखाभरि टिलपिल आँसुले माया बगायाे कि बढायाे अन्याेल बनायाे । क्षितिजको घाम डुब्दै गएको छ ।

क्षितिज पारी घामले राताे रंग देखाएर अाफु लुक्न थाल्याे । राताे रंग राम्रो हाेइन भन्छन् , हाम्रा लागि पनि त त्याे साँझ खुसीकाे लागि थिएन । उनकाे र आँसुले चिउँडाेमा भेट गर्न थाल्यो । बेस्सरी अंगालोमा कस्सिएर उनी : म शहरमा आप्पाकाे पल्टनमा भए पनि सधैंका लागि छाडेर जान लागेकी हैन । हजुर, याे खर्कहरु, गाेठहरु, याे पाखाहरु, त्याे पारीकाे हिमालहरु, हुस्सु भित्र लुकेको म हुर्केकाे गाउँ, मेराे पैतालाले स्पर्श गरेको सबै ठाउँहरु हजुरकाे लागि समर्पण गरेर जाँदै छु । हाम्रो गाेठमा बिताएको मधुमास हजुरकाे चिनाे लिएर जाँदै छु ।

हाम्रो जात फरक भएर के भाे? हाम्रो शरीर फरक र टाढा भएर के भाे ? हामी दुई एक छाैँ । तिम्रो चिनाे हुर्काएर मात्र तिमीलाई भेट्न आउनेछु । मेरो धेरै याद अायाे भने यही पछ्याैरीलाई साथ राख्नु है । उनी रुँदै आफुले ओढेकाे पछ्याैरी मेरो घाँटीमा लगाईदियाे । म केही बाेल्न सकिन । हिक्का हिक्का राेदनका अवाज बाहेक मेरो मुखमा कुनै शब्द फुरेन । साँझ छिप्पीदैँ गयाे आफ्नै हात अचानाेमा राखेर नङ र मासुलाई छुराले छुट्याउन सहज हुन्थ्यो हाेला त्याे पल छुट्टिन गाह्राे भयाे ।
अहिले पनि यही खर्कमा उनी म सँगै भएको आभाष गर्छु,केही क्षण केही पलका लागि ओठ मुस्काउन खाेज्छ तर मान्दैन मनले पनि । कुहिराे प्याराे लाग्थ्यो अहिले त डर किन लाग्छ? सायद मैले पनि उनकाे काख, उनकाे हात अनि उनीकै साथ सुरक्षित महसुस गर्थेँ आज उनी छैन एक्लै भएर पनि हाेला ।

उसकाे फाेन हराएको भनेर अर्कै नम्बरबाट कल गरेकी थिई । त्यसपछि ९ महिना भैसक्याे बेखवर छ । हाम्रो प्रेमकाे चिनाे के कस्तो भयाे ? उकुसमुकुस छ मन । यही हुस्सुमा, यहि हिमाली डाँडापाखा खर्कहरुमा उनका यादले डाेर्‍याउँछ मलाई तर उनी भेटिन्न । भन्ने गरेकाे सुनेको छु सबैभन्दा मिठाे पल पर्खाइ हुन्छ भनेर तर मलाई त्यस्तो लागेन । दन्किरहेकाे आगाे भित्र सहज हाेला रहन तर उनीकाे याद भित्र गाह्राे हुँदाे रहेछ ।

उनलाई पनि मेरो याद अाउँदाे हाे ! म सँग त उनकाे याद र उनीले दिएकाे पछ्याैरी मात्र छ तर उनीसँग त हाम्रो मायाकाे चिनाे बढ्दैछ । सँगै हुन नपाउँदा कत्ति पाेल्दाे हाे उनलाई ! त्याे उसकाे छट्पटी अलिकति मलाई थपिदिनु भन्छु मनमनै । मेरो आयु पनि मिल्ने भए उसैलाई थपिदिन्थे । सुनेको शहरमा घर छ अरे पल्टन नजिकै सबै कुरा मिल्याे भने फर्कि अाउनेछिन् उनी ।

उनकै पर्खाइमा रहँदा रहँदै म बिलाप भएनछु भने फेरि भेट्नेछ क्षितिज पारी अस्ताएकाे घाम सँगै सिन्दुरी साँझलाई छाडेर उदाउँदो घाम क्षितिजकाे नयाँ रंग बाेकेर सुन्दर बिहानीमा । अनि यही खर्कमा फूलहरु फेरि फुल्नेछ, पारीकाे हिमाल फेरि मुस्काउनेछ, त्यही हुस्सु भित्र उनी र मलाई मिलाउन न्याेनाे लिएर आतुर हुनेछ पवन । दुई मुटु पर र वर हुनेछैन, दुई मुटु वरनै हुनेछ । साँझकाे क्षितिज सिन्दरी ।

२०८१ पुष ८, सोमबार १४:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना