काठमाडौं ।
बिज्ञापन
करण तामाङ- लेख/विश्लेषण
तामाङ समुदाय नेपालकाे मुलबासी समुदायहरु मध्येका एक धेरै जनसंख्या भएको समुदाय हाे । नेपालका सबै क्षेत्रहरुमा याे समुदायको बसाेबास देखिन्छ र सबैभन्दा बागमति प्रदेशमा तामाङ समुदायको बाहुल्यता रहेको छ । विभिन्न समुदायको आ-आफ्नै संस्कार संस्कृति पहिचान भए जस्तै तामाङ समुदायमा पनि महत्त्वपूर्ण मान्यता परम्पराहरु रहेका छन् । जन्म देखि मृत्युु सम्मकाे संस्कृति संस्कार भिन्न भिन्न भएकै कारण फरक समुदाय फरक परम्परा, फरक रहनसहन पाउँछौं । म पनि एउटा तामाङ समुदायबाट छु । पछिल्लो चरणमा तामाङ समुदायकाे संस्कार संस्कृतिमा आएकाे विकृति र विसंगतिलाई मैले टुलुटुलु हेरेर बस्न सकिन । यसर्थ केही लेख्न र भन्न मन लाग्याे । भन्दा नराम्रो सुनिन सक्छ तर याे तिताे सत्य हाे । अन्य समुदायमा पनि यस्तै विकृतिहरु भित्रिसकेका छन् जसले संस्कृतिलाई नकारात्मक असर पारेको छ । तामाङ समुदाय भित्र पछिल्लो समयमा संस्कृतिमा नकारात्मक असर बेस्सरी छ । सबैभन्दा डरलाग्दो विषय के हाे भने संस्कार संस्कृतिकाे गलत प्रचार र धर्म परिवर्तन । समुदाय भित्रका कतिपय बुद्धिजीवी भन्ने र जिम्मेवार व्यक्तिहरुले नै तामाङ भेषभुषाकाे गलत प्रचार गरिरहेकाे देखिन्छ ।
बिज्ञापन
यसले हाम्रो संस्कार संस्कृतिमा ठुलो क्षति पुर्याउँदै आएकाे छ । विशेषगरी तामाङ समुदायमा पुुरुषहरुले लगाउने भेष औल्याउन सकेको छैन र गलत प्रचार बढी देखिन्छ । महिलाहरुले लगाउने भेषभूषामा पनि मनपरि डिजाइन र लवाइले गर्दा अब तामाङ समुदायको भेषभूषा कस्तो हाे भनेर प्रश्न अाउँछ । तामाङ समुदायले मान्ने बाेन र बाैद्ध धर्म बाहेक धर्म परिवर्तन गरेर अन्य धर्म, संस्कार संस्कृति मान्नेहरु त तामाङ रहेन । अब बाँकी रहेका कतिपय तामाङहरुले अाफ्नाे संस्कार भेषभुषाकाे गलत प्रचार गरिराखेकाे देखिन्छ । कतिपयले त शेर्षा समुदायको ड्रेस बख्खुलाई पनि तामाङकै हाे भनेर भनेको पनि सुनेकाे छु । पश्चिमकाे तामाङले लगाउने ड्रेस र पुर्वका तामाङले लगाउने ड्रेस छुट्टाछुट्टै छ । कुन ड्रेसलाई तामाङ ड्रेस भन्ने? कुनलाई हैन भन्ने ? तामाङ समुदाय भित्र विभिन्न संघसंस्थाहरु देखिन्छ । साेही समुदायले हामी तामाङहरुकाे ड्रेस यस्तो हुन्छ, संस्कार रीतिरिवाज यस्तो हुन्छ भनेर प्रचार गरेको पाइन्छ । टुँडिखेलमा साेनाम ल्हाेछारकाे दिन ठुला ठुला बुद्धिजीवी भन्नेहरुले नै माइकबाट अरुलाई गुनासाे र गाली गरेको बाहेक अहिलेसम्म परिवर्तन देखेन । युवा पुस्ताहरुले उहाँहरुबाटै सिक्ने हाे । केही पुस्ता अगाडिका कुराहरुलाई मात्र अघि सारेर अलमलकाे संस्कृति त्यसरी बुझाउने हैन । अस्तित्व र पहिचानका कुरालाई प्रष्ट पार्ने हाे भने हजारौं वर्ष अघिका परम्पराका कुरालाई किन ल्याउन सक्दैन ? मनाेमानी ढंगले ड्रेसकाे डिजाइन गर्दै त्यही तामाङ ड्रेस हाे भन्दै प्रचार गरेर हाम्रो वास्तविक संस्कार संस्कृतिलाई हत्या गर्ने अधिकार कसले दियाे कुन्नी ? मञ्जुश्री संवत् २८६१ अब सुरु हुँदै छ यस क्रममा पनि बढी देखासीखी बाहेक अरु हुनेवाला केही छैन । राज्यले तामाङ समुदायकाे लागि केही गरेन हाम्रो अधिकार पनि खाेसेर लियाे भनेर गुनासो गर्नु बाहेक केही परिवर्तन देख्दैन । अब सुध्रनुपर्छ । अाफु भन्दा अरु काेठी ठुलो छैन भन्ने केही तामाङहरुकाे घमण्डले अाज तामाङ समुदायकाे परम्पराकाे हत्या गरिरहेकाे छ । अाफै बुद्धिजीवी, संस्कृति विद भाषा विद भनेर घमण्डले फुलेर बस्ने अरुलाई भुईकाे धुलाे जस्तो सम्झिने ठुलावडा भन्नेहरुले नै तामाङ संस्कार संस्कृतिकाे गलत धारणा र गलत प्रचार राखिरहेकाे छ । तामाङ समुदायकाे अगुवाइ गर्नेहरु अहिलेसम्म भाषाकाे लिपि र भेषभुषा पहिचान गरेर एकतामा ल्याउन सक्नु भएको छैन ! कार्यक्रमका मञ्चहरुमा ठुला ठुला हावादारी भाषण गर्दैमा अाफुलाई बुद्धिजीवी साबित गर्न खाेज्ने र मपाईकाे लत बसेकाेहरुबाट नै अबकाे हाम्रो परम्परा खराब छ । विभिन्न देश तथा विदेशमा पुगेर दु:ख गरेर पसिना बगाएर जम्मा गरेकाे पैसा तामाङ समुदायको लागि केही हाेस न भनेर संकलन गर्दिनु हुन्छ । त्यही पसिनाकाे थाेपा माथि पनि खेलबाड गर्नेहरुलाई कसरी बुद्धिजीवी भन्ने? अब साेच्नुपर्ने बेला अाएकाे छ । नाैजवन युवा साथीहरू याे कुरालाई हामीले राम्रोसँग अध्ययन गर्न जरुरी ठान्दछु । अबकाे हाम्रो सन्ततिलाई सही परम्परा,संस्कार र संस्कृति हस्तान्तरण गर्ने गरि गल्तीहरुलाई सुधारेर राख्नुपर्ने देखिन्छ । ल्हाेछार मनाउने क्रममा घरमा अाफन्तजन परिवार भेटघाट गरेर खुसी साट्ने दिनका रुपमा लिनुपर्छ । ठुलाठुला साउण्ड सिस्टम र उत्ताउलो गीतहरु बजाएर , माईकमा चिच्याउदैमा हाम्रो परम्परा जाेगिने हैन । उल्टाे हाम्रो परम्पराकाे खिल्ली उडाएको हाे ।
हाम्रो समुदाय अरुकाे लागि हैन पहिचानका लागि सच्चिनु पर्छ । धेरै मनाेरञ्जनमा व्यस्त हुने समुदाय भित्र रुपमा तामाङ समुदाय अगाडि देखिन्छ । अरुकाे नक्कल अरुकाे सिकाे लगायतका कुराहरु युवा पुस्तामा देखिन्छ , याे राम्रो विषय हैन । अाफु र अाफ्नाे समुदाय प्रति पनि बफादार हुन जरुरी छ । याे थपघटकाे युग हाे याे बेला अाफ्नाे पहिचान अस्तित्व चिन्न सकेन भने सधैका लागि पहिचान मेटिनेछ । तामाङ समुदायमा बिवाहा गर्दा सिन्धुर हाल्दैनन् तर कतिपय ठाउँहरुमा अरुकाे सिकाे गरेर सिन्दुर हालेकाे पनि देखेको छु । याे एकदमै गलत हाे । सिन्दुर एवम् सिम्रिकले यसै पनि हाम्रो दिमागकाे ६० प्रतिशत क्षमता घटाईदिन्छ । याे स्वस्थ्यकाे लागि राम्रो विषय हाेइन । सिन्दुर हाल्दा दुईवटा मस्तिष्ककाे ठ्याक्कै बिचमा पर्ने गरि हालिन्छ जसले दिमागमा अत्यन्तै कमजोर बनाईदिन्छ । जसले बढी टाउको दुख्ने र रिंगटा चलाउछ । यसर्थ पनि बिवाहामा सिन्दुर हालिदैन र यसकाे अन्य विषयहरु पनि छन् । बिवाहा गर्दा अरुकाे सिकाे गरेर घुम्टाे अाेड्ने चलनहरु अरुबाट सिक्न थालेका छन् । जुन हाम्रो परम्परा हाेइन । अब हामीले हाम्रो परम्परा जाेगाउनका निमित्त केही अध्ययन र कसरत सुरु गर्नै पर्छ । संघसंस्थाकाे ठुलावडा भन्नेहरुलेनै हाम्रो परम्परा गलत ढंगले अगाडि बढाएको छ । याे चिन्ताकाे विषय हाे ।
प्रतिक्रिया दिनुहोस्