पहिलो किरणसँगै सुरू हुन्छ यात्रा

२०८१ पुष १३, शनिबार १३:३७

(कविता लेखक -डिल बहादुर लामा )

बिज्ञापन

सागरको किनारमा माछा माछीहरू,
हिमशीतल पानीमा जाल फाल्छन्,
सपना र संघर्षको बीचमा उनीहरू,
सप्तरङ्गी जीवन पाउने आशा राख्छन्।

बिज्ञापन

पहिलो किरणसँगै सुरू हुन्छ यात्रा,
लहरसँग लड्दै, हावासँग खेल्दै,
दु:ख र खुशीको मिलन, कठिनाइको समुन्द्र,
उनको रफ्तार, सबै बाधा हराउँदै।

सागरको गहिराइमा लुकेका खजाना,
चाहनामा डुबेका, निरन्तर खोज्दै,
तर कहिल्यै थाक्दैन मन,
नयाँ साहससँग अगाडि बढ्दै।

बिज्ञापन

समुद्रको क्रोध र शान्तिको संगम,
जीवनको संघर्षलाई यसले बुझाउँछ,
तर अन्त्यमा सन्देश छ यत्रा पछि,
कसैले जितेको माछा, र सबैलाई खुशी ल्याउँछ।

२०८१ पुष १३, शनिबार १३:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना