काठमाडौ। जम्बुलिङ फिल्मस् प्रा.लीकाे आयाेजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ शनिबार काठमाडौंमा सम्पन्न भएको छ । जम्बुलिङ इन्टरनेशनल अवार्डकाे तेस्राे संस्करणकाे ग्राण्ड फिनाले B.G Banquet गंगबु काठमाडौमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री तथा संविधानसभा सदस्य पशुराम तामाङकाे प्रमुख अातिथ्यता र अवार्डका अध्यक्ष ,जम्बुलिङ फिल्मस् प्रा.लीका प्रमुख सञ्चालक राज किङ वाईबाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।
बिज्ञापन
अवार्ड याे भन्दा अगाडिको संस्करणहरु जस्तै यसपटककाे संस्करण पनि थाइल्यान्डमा उद्घाटन गरिएको थियोे र शनिबार काठमाडौमा फिनाले सम्पन्न गरेको हाे । अवार्ड विभिन्न ३१ विधालाई प्रदान गरिएको छ । “पुरानालाई सम्मान, नयाँलाई प्राेत्साहन हाम्रो अभियान”काे नारालाई अघि बढाउदै कम्पनीले अवार्ड अायाेजना गरेको बताइएको छ ।
बिज्ञापन
अवार्डकाे निर्णायक सदस्यहरुमा बरिस्ठ कलाकर्मी पवन वाङ लामा, मित्र डि गुरुङ र रमला पाख्रिन रहेको हाे । कार्यक्रम उद्घाेषण भने कलाकर्मी, खेलकुदकर्मी साथै सञ्चारकर्मी करण तामाङले गरेका थिए ।
सर्वाेत्कृष्ट नेपाली गीत कम्पाेजरमा “तिमी संग” गीतबाट टीका बाेम्जन, सर्वाेत्कृष्ट नेपाली म्युजिक भिडियो निर्देशकमा “सुस्तरी सुस्तरी” गीतबाट निकेश खड्का, सर्वाेत्कृष्ट नेपाली गीत गायक “लजालु मायालु” गीतबाट उर्गेन दाेङ, सर्वाेत्कृष्ट छायांकनमा “संकम्बरी” गीतबाट नवराज उप्रेती, माेडर्न तथा पप गीत सर्वाेत्कृष्ट गायकमा ” मेरो धट्कन” गीतबाट डाउट राई, नेपाली चलचित्र सर्वाेउत्कृष्ट निर्देशकमा “दुई नम्बरी” चलचित्रबाट दिपेन्द्र लामा, नेपाली गीत सर्वाेत्कृष्ट गायिकामा “घुमि घुमि” गीतबाट मिङ्स लामा, नेपाली गीत सर्वाेत्कृष्ट माेडलमा विजय दाेङ, तामाङ सेलाे गीतमा सर्वाेत्कृष्ट पुरुष माेडलमा टिकाराज तामाङ, तामाङ चलचित्र सर्वाेत्कृष्ट अभिनेत्रीमा रञ्जिता ब्लाेन, तामाङ सेलाे सर्वाेत्कृष्ट गायिकामा सुमिना लाे, तामाङ सेलाे सर्वाेत्कृष्ट गायकमा जीभन बाेम्जन, तामाङ म्हेन्दाेमाया गीत सर्वाेत्कृष्ट गायकमा यु.बि माेङग्रेसा, तामाङ सेलाे गीत भिडियो सर्वाेत्कृष्ट निर्देशकमा देभ दाेर्जे लामा, तामाङ म्हेन्दाेमाया गीत सर्वाेत्कृष्ट नव गायिकामा ममता तामाङ, तामाङ म्हेन्दाेमाया गीत सर्वाेत्कृष्ट महिला माेडलमा सुनिता वाईबा, पुरुष तर्फकाे सर्वाेत्कृष्ट माेडलमा रमेश तामाङ, म्हेन्दाेमाया गीत सर्वाेत्कृष्ट नव गायकमा सुर्य तामाङ, नेपाली चलचित्र सर्वाेत्कृष्ट निर्माणमा किरण नेपाली, नेपाली गीत सर्वाेत्कृष्ट मिक्सिङका रुपमा डिका गुरुङ, नेपाली गीत सर्वाेत्कृष्ट सम्पादनमा जितु तामाङ, गायक नेपफपमा उत्तर लामा, तामाङ चलचित्र सर्वाेत्कृष्ट सम्पादनमा विजय दाेङ, तामाङ चलचित्र सर्वाेत्कृष्ट काे-एक्टरमा कुईसाङ रुम्बा, तामाङ चलचित्र सर्वाेत्कृष्ट कलाकारमा प्रबल थिङ, नेपाली गीत सर्वाेत्कृष्ट महिला माेडलमा प्रतिज्ञा लामा ( धनमाया लामा), माेडर्न तथा पप गीतकाे सर्वाेत्कृष्ट डेब्युट माेडलमा अस्कित कार्की, तामाङ सेलाे सर्वाेत्कृष्ट कम्पाेजरमा छेडुप लामा, म्हेन्दाेमाया गीतबाट जुरी अवार्ड किर्ती गाेम्जा, इनकरेजमेन्ट अवार्ड माया थाेकर तामाङ र पब्लिक चाेईस अवार्ड सुर्य मम्बा तामाङले विजय हासिल गरेका छन् ।
बिज्ञापन
जम्बुलिङ व्यक्तित्व सम्मान २०८१ बाट बरिस्ठ कलाकर्मी तथा समाजसेवी नानी काजी डंगोल, तामाङ कला संस्कृतिकर्मी छिमि मम्बा तामाङ, कराँते खेलाडी सुस्मिता तामाङ , चलचित्रकर्मी नायक धिनेर साक्य, र समाजसेवी तथा कलाकर्मी जी पुनलाई सम्मान गरिएको थियोे । जम्बुलिङ फिल्स प्रालीले नेपाली कला सांगीतिक तथा साँस्कृतिक क्षेत्रमा पुर्याएकाे याेगदान प्रति कार्यक्रम सम्बाेधन गर्ने क्रममा प्रमुख अतिथि पुर्व मन्त्री तामाङले खुलेर प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्