तस्वीर :- विष्णु लामा
बिज्ञापन
काठमाडौं । हुम्लामा लगातार ठूलो मात्रामा हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ। लगातार ३ दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित भएको छ।
बिज्ञापन
हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको स्थानीय विष्णु लामाले फोनमार्फत समष्टि मिडियालाई जानकारी दिए।
“गाई झोपा र जुमागोठभित्रै छन् भने चौँरी गाई छाडा भएका छन्। एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ”, उनले भने।
बिज्ञापन
सिमकोटबाट हुने सबै हवाई उडान अवरुद्ध भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ।
चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन्। यस वर्ष विहान र बेलुका चिसो अत्यधिक बढेकै स्थानीय बताउँछन्।
प्रतिक्रिया दिनुहोस्