आज गुरुङ समुदायले तमु ल्होछार मनाइँदै

२०८१ पुष १५, सोमबार ०१:४७

काठमाडौं । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधाम सँग मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

बिज्ञापन

ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

बिज्ञापन

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

बिज्ञापन

आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

२०८१ पुष १५, सोमबार ०१:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना