काठमाडौं : आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै‘तमु ल्होसार’मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
बिज्ञापन
तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडीखेलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो ।
बिज्ञापन
बिज्ञापन
कार्यक्रममा पराम्परागत भेषभुषासहितको सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।




गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।


पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।





प्रतिक्रिया दिनुहोस्