काठमाडौं । हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा आज तोल ल्होसार मनाइँदै छ।
प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ।
बिज्ञापन
तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ। तामाङ जातिले भने एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन्।
प्रतिक्रिया दिनुहोस्