राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरू

२०८१ पुष २०, शनिबार ०८:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ ।

बिज्ञापन

बैठक काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा बिहानदेखि सुरु भएको हो । आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय मुख्य एजेन्डा रहेको छ ।

बिज्ञापन

पहिलो दिन आज समसामयिक राजनीतिक छलफलका साथै नेताहरुले रिपोर्टिङ गर्ने, स्थानीय तह उपनिर्वाचन र संगठनको समीक्षा र प्रदेश समन्वय संयन्त्र समबन्धी छलफल हुनेछ ।

भोलि आइतबार संविधान संशोधनको विषयका साथै जलेश्वरको बैठक र राष्ट्रिय भेलामा प्रस्तुत सभापतिको राजनैतिक प्रतिवेदनहरुका आधारमा गर्नुपर्ने पार्टीको आगामी कार्यदिशा र कार्यक्रमबारै छलफ हुने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बिज्ञापन

यसका साथै केन्द्रीय समिति, सल्लाहकार परिषद्, केन्द्रीय विभागलगायत पुनर्संरचना, पार्टीको बैठक संचालन कार्यविधि संशोधन र आचारसंहिताको विषयमा पनि छलफल हुने बुर्लाकोटीले जानकारी दिए ।

 

२०८१ पुष २०, शनिबार ०८:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना