पोखरा : नेपाली कांग्रेसका महामन्त्री गगन थापा यतिबेला पोखरामा छन् । उनले आज पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्तालाई समन्वय, सहकार्य र एकताविषयक अभिमुखिकरण गरे ।
बिज्ञापन
झट्ट हेर्दा पार्टीको कार्यक्रम लिएर पोखरा आएपनि उनको अर्काे उद्देश्य रास्वपाका रवि लामिछानेसम्बन्धित सहकारी मुद्दालाई प्रभावित पार्ने भएको रास्वपा समर्थकले बताएका छन् । उनीहरुका अनुसार महामन्त्री थापा पोखरामा गोप्यरुपमा कास्कीका कानून व्यवसायी र सरकारी वकिलहरुसँग भेट्ने योजना रहेको पनि बताए ।
बिज्ञापन
यतिबेला थापा पार्टीको प्रदेश कार्यालयमा रहेका छन् । लेकसाइडस्थित बरपिपल रिसोर्टमा थापालाई कोठा बुक गरिएको छ । थापाकै विभिन्न अभिव्यक्तिबाट सशंकिरत रास्वपा समर्थक, शुभचिन्तकहरुले समष्टि नेपाल मिडिया सँग कुरा गर्दै भने थापाले कार्यकर्ता भेट्ने प्रचार गरेपनि उनको भित्री उद्देश्य आइतबारबाट सुरु हुने र सरकारी वकिलसँग विशेष छलफल गर्ने रहेको पनि बताए ।
‘रास्वपा कास्कीका एक शुभेच्छुक भन्छन् ‘न्यायालय प्रभावित पार्ने र रविको मुद्दा प्रभावित पार्न उनी कार्यक्रमको बहानामा पोखरा आएका हुन् ।’ उनले भने
बिज्ञापन
दुइ दिन अगाडी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया पोखरा आएर फर्किएसॅगै थापाको पोखरा भ्रमणमाथि रास्वपा वृत्त सशंकित भएको छ ।
प्रतिक्रिया दिनुहोस्