भोलि देखी तिनै प्रदेशको केही स्थानमा हिमपातको सम्भावना

२०८१ पुष २८, आईतवार १५:४२

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तीन प्रदेशको थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ।

बिज्ञापन

मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आइतबार राति कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिज्ञापन

विभागका अनुसार आइतबार राति मधेश प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। मौसम मुख्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ।

यसैगरी, भोलि सोमबार दिउँसो कोशी, बागमती र गण्डकी गरी तीन प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ।

बिज्ञापन
२०८१ पुष २८, आईतवार १५:४२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना