आज थामी समुदायको नेता मारेको दिन

२०८१ माघ १, मंगलवार ११:२६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पिस्कर हत्याकाण्ड। थामी समुदायले घर घरमा तरुल, फलफुल, छिमेकी बोलाएर मासुभात खाने माघे सक्रान्ती मनाउने दिन हैन आज भन्ने नै हो भने …. आफ्नो पुर्खा मारेको दिन हो शोक मनाउने दिन हो ।

बिज्ञापन

आज माघ १ गते पिस्कर हत्याकाण्ड भएको दिन जहाँ महान सहिद ईलि बहादुर र वीर बहादुर थामीले रगत बगाएको दिन । ती महान शहीदहरु प्रति हार्दिक श्रदासुमन अर्पण गर्द्छौ ।

बिज्ञापन

पञ्‍चायती शासकले २०४० सालको माघे संक्रान्तिका दिन सिन्धुपाल्चकको पिस्करका सर्वसाधारणमाथि हिंश्रक दमन गरे। स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा आक्रमण भयो। निरङकुस पञ्‍चायती शासकको गोलीद्वारा स्थानीय इले थामी र वीरबहादुर थामीको ज्यान गयो।

पिस्करका थामी समुदायको अहिलेसम्म पनि अवस्था फेरिन सकेको छैन। काण्डमा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलियालगायत दर्जनौंले जेल सजाय भोगे। सयौँ जनतामाथि झुटा मुद्दा लगाएर वर्षौंसम्म दुःख दिइयो ।

बिज्ञापन
२०८१ माघ १, मंगलवार ११:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना