मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकहरुको आर्थिक अवस्था नाजुक बन्दै गएको र (क)वर्गका ११ बैंक डुब्ने बताएका छन्

२०८१ माघ १, मंगलवार १४:२०

काठमाडौं– राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकहरुको आर्थिक अवस्था नाजुक बन्दै गएको टिप्पणी गरेका छन् । उनले क वर्गका केही बैंकहरु डुब्ने अवस्थामा पुगेको विश्लेषण गरेका छन् ।

बिज्ञापन

प्रसाईले अहिले नेपालको अर्थतन्त्रको ठुलो हिस्सा बोेकेका क वर्गका ११ वटा बैंक डुब्ने अवस्थामा पुगेका छन् । बैंकको नाम नखुलाई प्रसाईले भनेजस्तै केही क वर्गका बैंकहरु आफनो लगानी र शेयर बिक्री गरेर भाग्ने तयारीमा रहेको पनि वैकिङ क्षेत्रकै व्यक्तिहरुले बताइरहेका छन् ।

बिज्ञापन

नेपालमा मारवाडीहरुको सञ्चालन गरेका बैंकको अवस्था नाजुक रहेको र उनीहरुले बैंकसँग शेयरमा रहेको आफनो लगानी लिएर भाग्ने तयारी गरिरहेको व्यवसायीहरुले बताइरहेका छन् ।

एनआईसी एसिया बैंकअन्तरर्गतको विशाल ग्रुपले कौडीको भाउमा बेच्दैछ र त्यही रकम लिएर भाग्ने तयारीमा गरिरहेको बैकिङ व्यवसायीहरु नै बताउँछन् ।

बिज्ञापन

खेतान ग्रुपले मदिरा उत्पादक कम्पनी काल्र्सबर्गलाई गोर्खा ब्रुअरीको थप सेयर स्वामित्व बेच्न ठूलो ‘डिल’ प्रस्ताव गरेको छ । यसअनुसार डेनमार्कमूलको काल्र्सबर्गले खेतान ग्रुपसँग अन्तरनिहीत रहेको गोर्खा ब्रुअरी र काल्र्सबर्ग इन्डियाको झण्डै ३३ प्रतिशत सेयर खरिद गर्न करिब एक खर्ब रूपैयाँको अफर गरेको छ । यसका लागि करिब ७४ करोड ४० लाख अमेरिकी डलर अर्थात करिब ९८ अर्ब रुपैयाँमा यो डिल प्रस्ताव भएको छ ।

नेपालको गोर्खा ब्रुअरीमा खेतान ग्रुपका अध्यक्ष रहेका राजेन्द्र खेतानको १० प्रतिशत सेयर छ । त्यसबाहेक ९० प्रतिशत सेयर सिंगापुरको काल्र्सबर्ग साउथ एशिया पीटीई लिमिटेड (सीएसएपीएल)सँग छ । खेतान ग्रुपका केही व्यवसायी नेपालबाट आफनो नाफासहितको लगानी लिएर भागिसकेका छन् । हाल राजेन्द्र खेतानले समेत खुरुखुरु आफनो लगानीको शेयर बेचिरहेका छन् ।

प्रसाईले तीन वर्षयता काठमाडौँका अधिकांश व्यापारिक सटरहरु र घरहरु खाली हुन्छन् भनेर बताउँदै आएका थिए । अहिले उनले भनेजस्तै देशभरका मुख्य शहरमा व्यापारिक सटरहरु खाली भइरहेका छन् । भने व्यवसायी पनि पलायन पनि बढ्दो छ ।
सरकारले देश र जनताका आवश्यकताअनुसार अर्थतन्त्र सुधार गर्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको प्रसाईको भनाइ छ ।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । यस विषयमा ओलीले आधिकारिक धारण सार्वजनिक गरेका छैन ।

२०८१ माघ १, मंगलवार १४:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना