कराँते खेलाडीले नेपाललाई दिलाए २६ पदक

२०८१ माघ २, बुधबार ०३:१८

काठमाडौं । कुच बिहार राजवारी रंगशाला भारतमा पाैष अन्तिम साता सम्पन्न भएको खुल्ला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी रही नेपाली कराँते खेलाडीहरुले नेपालकाे लागि चौध स्वर्ण, नौं रजत र तीन कास्य पदक सहित २६ पदक विजेता बनेका छन् ।

बिज्ञापन

काठमाडौ भृकुटी डाेजाे र धादिङ रुबीभ्यालीका कराँते खेलाडी टाेलीले उत्कृष्ट प्रदर्शनका साथ २६ पदक हासिल गर्दै नेपाललाई फस्ट रनरअप एवम् टिम उपविजेता बनाउन सफल भएको हाे ।

बिज्ञापन

प्रतियोगितामा अंकिता पाण्डेले ११ वर्ष क्याडेट काता तर्फ एक स्वर्ण र कुमिते तर्फ रजत पदक, निश्चल खड्काले ९ वर्ष क्याडेट काता तर्फ एक स्वर्ण र कुमिते तर्फ पनि एक स्वर्ण , सोहन बस्नेतले १३ वर्ष क्याडेट काता तर्फ एक स्वर्ण र कुमिते तर्फ एक कास्य, इरा थिङ तामाङले सिनियर -६१ किलो तौल समुहमा एक स्वर्ण र सिनियर कातामा एक रजत पदक, प्रनिल घलेले १२ वर्ष कुमिते तर्फ एक स्वर्ण र काता तर्फबाट एक रजत, बिवेक तामाङले १३ वर्ष काता र कुमितेमा दुई स्वर्ण, जोसिला गुरुङले १३ वर्ष कुमिते तर्फ एक स्वर्ण र काता तर्फ एक रजत पदक, कृष माया तामाङले १४ वर्ष काता कुमितेबाट स्वर्ण पदक, दिलरुपा तामाङले १२ वर्ष कुमिते तर्फबाट एक स्वर्ण र काता तर्फ एक कास्य पदक, मेरि तामाङले काता तर्फ एक स्वर्ण पदक, अनुस्का तामाङले १२ वर्ष ३० किलाेताैल समुह कुमिते तर्फ एक रजत र काता तर्फ एक स्वर्ण पदक, प्रकृति तामाङले १२ वर्ष (३५ केजि.) तौल समुह कुमिते तर्फबाट एक स्वर्ण र काता तर्फ एक रजत पदक, प्रशान्त तामाङले १६ वर्ष काता तर्फ एक रजत र कुमिते तर्फ एक कास्य पदक, विशाल तामाङले १६ वर्ष ५० किलो तौल समुह कुमिते तर्फबाट एक कास्य पदक र काता तर्फ पनि एक कास्य पदक, आशिका शिवाकोटिले १२ वर्ष काता तर्फ एक स्वर्ण पदक, अविकिरण पान्डेले १३ वर्ष ४० किलो तौल समुह काता र कुमितेबाट रजत पदक बिजेता बनेका हुन् ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय काेच तथा राष्ट्रिय निर्णायक अष्टविर लामा लगायतले उक्त च्याम्पियनसिपमा नेपालकाे तर्फबाट काेचकाे नेतृत्व गरेका थिए ।पछिल्लो समयमा नेपाली कराँतेमा नीति र विधिमा पहिला भन्दा सुधार भएको देखिन्छ तर भविष्य यतिमात्र सिमित रहनु हुँदैनन् । प्रणालीगत ढंगले अगाडि बढाउनुपर्ने कराँतेमा धेरै कुराहरु देखिन्छ ।

बिज्ञापन
२०८१ माघ २, बुधबार ०३:१८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना