तस्बिर स्रोत: आशिका तामाङको फेसबुकबाट
बिज्ञापन
काठमाडौं । प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ।
बिज्ञापन
अभद्र व्यवहारमा तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।
तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी नवराज अधिकारीले जानकारी दिए।
बिज्ञापन
तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लगेको थियो।
अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालहरूमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन्।
प्रतिक्रिया दिनुहोस्