काठमाडौं । सहकारीको सञ्चालक, व्यवस्थापक, कर्मचारी, बचतकर्ता वा ऋणी केही भएको प्रमाण नभए पनि मुद्दामाथि मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा पुगेका छन् ।
बिज्ञापन
बुटवलको सुप्रिम सहकारी मुद्दामा प्रतिवादी बनाइएका उनी बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर हुन मंगलबार काठमाडौंबाट पुगेका हुन् ।
बिज्ञापन
लामिछानेको नाममा नक्कली ऋणी खडा गरी सुप्रिम सहकारीबाट दुई करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको आरोप सम्बन्धमा संसदीय छानबिन विशेष समितिले छानबिन गरेको थियो ।
समितिले यसमा लामिछानेको संलग्नता नदेखिएको जनाएको थियो ।
बिज्ञापन
तर, अहिले सोही ऋणलाई बिगो बनाएर अभियोग लगाउनु राजनीतिक प्रतिशोध भएको रविपक्षीय कानुन व्यवसायीहरूको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्