काठमाडौंको चन्द्रागिरि नगरपालिका थानकोट गाेदाम चाेकबाट काभ्रेपलान्चोक जिल्लाकाे धुलिखेलसम्म यात्रु बस संचालन

२०८१ माघ १०, बिहीबार १३:२८

काठमाडौं : काठमाडौं चन्द्रागिरि नगरपालिका वडा न.- ४ थानकोट गाेदाम चाेकबाट काभ्रेपलान्चोक जिल्लाकाे धुलिखेलसम्म यात्रु बस संचालनमा आएको छ।

बिज्ञापन

महानगर यातायात प्रालिले बिहीबारबाट थानकोट-धुलिखेल रुटमा यात्रु बस सेवा सुरु गरेको हाे ।

बिज्ञापन

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले साे बस सेवा  संचालन भएकाे घाेषणा गरेका छन् ।

महानगर यातायातले यस रुटमा ४० वटा बस गुडाउने भएको छ ।

बिज्ञापन

हालका लागि ती बस थानकोट गाेदाम- चेकपोस्ट-सतुङ्गल-कलंकी-बल्खु- काेटेश्वर- भक्तपुर- बनेपा हुँदै धुलिखेलसम्म पुग्नेछन् । फर्कँदा भने ती बस काेटेश्वरबाट सिनामंगल- चक्रपथ- कलंकी हुँदै थानकोट गाेदाम पुग्नेछन् ।

करिब ४० किलोमिटर दूरीकाे यस रुटकाे भाडा १ सय रुपैयाँ कायम गरिएको जनाएको छ ।

नेपाल सरकारको निर्णय अनुसार भाडा दर समायोजन हुँदै जाने महानगर यातायातकाे भनाई छ ।

प्रालिले २० करोडको लगानीमा ४० वटा बस नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ ।

महानगरले अन्य रुटहरूमा पनि यातायात सञ्चालनका लागि तयारी गरिरहेको जनाएको छ ।

उक्त बसको आइपिओ समेत जारी गर्ने कम्पनीको योजना रहेको बताएको छ ।

२०८१ माघ १०, बिहीबार १३:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना