नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा रक्तदान कार्यक्रम आयोजना गर्ने

२०८१ माघ ११, शुक्रबार १६:०६

काठमाडौं, माघ १६  “रक्तदान जीवनदान” भन्ने नारासहित नेपाल म्युजिक भिडियो निर्देशक समाजले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

बिज्ञापन

उक्त कार्यक्रम माघ १६ गते, बुधवार बिहान १० बजे अनामनगरस्थित मनोरञ्जन पार्क, सामाजिक विकास चोकमा गर्ने भएको हो।

बिज्ञापन

समाजका अनुसार, कार्यक्रम रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको बताएका छन् ।

नेपाल म्युजिक भिडियो निर्देशक समाजले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ, जसले कला र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

बिज्ञापन

आयोजक टोलीले सबैलाई रक्तदान कार्यक्रममा सहभागी भई मानव सेवामा योगदान गर्न समेत आग्रह गरेको छ।

२०८१ माघ ११, शुक्रबार १६:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना