काठमाडौ । कलाकार राजकुमार खनालकाे शब्द शंकलनमा रहेको ” आउ बसम एकै छिन” ल्हाेछार विशेष तामाङ सेलाे गीत सार्वजनिककाे तयारी रहेको छ ।
बिज्ञापन
अग्रज गायक रामहरि भण्डारी र सुशीला लामाकाे अवाजमा रहेको सेलाेमा संगीत भने रामहरि भण्डारीकै रहेको छ । काठमाडौ डिजिटलमा रेकर्ड सम्पन्न गरी गीतकाे छायांकन भने शनिबार सम्पन्न गरेको हाे ।
बिज्ञापन
बैकुण्ठ घिमिरेकाे निर्देशनमा कलाकारहरुमा अप्सरा तामाङ र राजकुमार खनाल रहेका छन् । गीतकाे एरेन्जमा विष्णु तामाङ, मिक्सिङ डिका गुरुङ, रेकर्डिस्ट दिपक बिसी रहेका छन् । आर बि फिल्म्सकाे व्यानरमा निर्माण भएको भिडियो साजन पराजुलीले सम्पादन र छायांकन गरेका हुन ।
यही माघ १६ गते उक्त गीत युट्युब मार्फत सार्वजनिक गर्ने तयारी रहेको कलाकार राजकुमार खनालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्