ककनी कुलेगाउँ ल्हाेछारमा उर्गेन दाेङ करण तामाङ लगायतका कलाकारहरु आउने

२०८१ माघ १६, बुधबार ०१:२८

नुवाकोट । मञ्जुश्री संवत् २८६१ डुल ल्हाे स पुख्री ( सर्प वर्ष ) साेनाम ल्हाेछारकाे अवसरमा कुले महिला उघु उद्यमी कृषि समुहकाे आयाेजनामा यही माघ १९ गते ककनी २ कुले फुटबल ग्राउण्ड नुवाकोटमा हुने दाेस्राे कुलेगाउँ साेनाम ल्हाेछार वृहत् साँस्कृतिक कार्यक्रममा चर्चित गायक उर्गेन दाेङ, कलाकार तथा सर्वप्रिय कार्यक्रम उद्घाेषक करण तामाङ आउने भएका छन् । तामाङ समुदायको साथै बाैद्ध, बाेन संस्कृतिमा आधारित साेनाम ल्हाेछारकाे अवसरमा कार्यक्रम अायाेजना गरिएको हाे। कार्यक्रममा प्रमुख अतिथिका रुपमा बुद्धिस्ट फिलाेसफी लेक्चरर खेन्पाे ङ्यीमा शिङ्गे लामा गुरुले सम्बाेधन गर्ने भएका छन् ।

बिज्ञापन

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका महासचिव कलाकार दिनेश तामाङ, कलाकार बिमला लामा, जानुका भट्ट, अनुप तामाङ, सपक जिम्बा, गायक समीर लामा, निरिसा तामाङ, शान्ति महतरा, देवकी रिजाल, मैसुर तामाङ लगायतका कलाकारहरुकाे साथमा स्थानीय कलाकारहरु वृहत् सांगीतिक प्रस्तुतिहरु, लामा झाँक्री साँस्कृतिक प्रस्तुति, लामा गुरुहरुबाट ल्हाेछारकाे विषयमा प्रवचन लगायतका कार्यक्रमहरु रहने कार्यक्रम संयाेजक माेडल तथा कलाकार राेजी रुम्बाले बताएका छन् । उनका अनुसार याे कार्यक्रम दाेस्राे पटक रहेको छ । अघिल्लो साल पनि उक्त गाउँमा पहिलोपटक ल्हाेछार कार्यक्रम सम्पन्न गरेका थिए भने याे दाेस्राे पटक हाे ।

बिज्ञापन

सांगीतिक क्षेत्र र सामाजिक सेवा क्षेत्रमा निकै अग्रसर राेजी संस्कार संस्कृति जाेगाउनका लागि अघि बढिरहेको देखिन्छ ।

बिज्ञापन
२०८१ माघ १६, बुधबार ०१:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना