काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपा परिसरमा नेपाल स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलन गरेको छ।उक्त सम्मेलनलाइ सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
बिज्ञापन
केन्द्रीय सदस्य उर्मिला थपलिया (सीता) नेतृत्वमा रहेको पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले नेपाल स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलन आयोजना गरेको हो।
बिज्ञापन
सोहि सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले सम्मेलनको निष्कर्षले पार्टी र सरकारलाई मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरेका थिए।
बोल्ने क्रममा सभापति देउवाले गाउँगाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताए।
प्रतिक्रिया दिनुहोस्