काठमाडौं : नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको तनावले एक जनाको ज्यान गएको छ ।
बिज्ञापन
बेलापुरस्थित १९ वर्षीया सहाना खातुनलाई सोही ठाउँका २२ वर्षीय डाक्टर धोबीले भगाएको विषयको विवादमा एक जनाले ज्यान गुमाएका हो ।
बिज्ञापन
प्रहरीका अनुसार विवाद बढ्दै जाँदा केटीका दाइले अर्को पक्षलाई लक्षित गरी पिकअप गाडीले ठक्कर दिएका थिए । त्यसक्रममा दुई जना घाइते भएकोमा उपचारको क्रममा एक जनाको मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्