काठमाडौं ,
कार्तिक १६ चेतन मानन्धरकी पत्नी भारती मानन्धरले योगराज ढकाल रिगल विरुद्धको मुद्दा जितेकी छिन् ।सर्वोच्च अदालतले रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको छ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।
बिज्ञापन
न्यायाधिश खतिवडाले इजलासमा आदेश सुनाउँदै भने,संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने।’
प्रतिक्रिया दिनुहोस्