आज पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी र सुभेच्छुकहरुको घुइँचो

२०८१ फाल्गुन २५, आईतवार १४:२२

काठमाडौं : आज काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले स्वागत गरे।

बिज्ञापन

विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए। पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गर्न भ्याए ।

बिज्ञापन

विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजाले समर्थकहरूलाई अभिवादन गरे। समर्थकहरूले शाहलाई फूल, माला र खादाले स्वागत गरेका थिए ।

बिज्ञापन

पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित ठूलो संख्यामा समर्थकहरू विमानस्थलको मुख्यद्वारमा भेला भएका थिए।

समर्थकहरूको प्रदर्शनका कारण विमानस्थल आसपासको यातायात व्यवस्था प्रभावित भएको थियो ।

 

२०८१ फाल्गुन २५, आईतवार १४:२२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना