प्रहरी महानिरीक्षकको पद खाली हुँदै : अबको प्रहरी प्रमुख को बन्लान् त

२०८१ चैत्र ४, सोमबार ०१:४४

काठमाडौं : आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन्।

बिज्ञापन

प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लोगका हुन्।

बिज्ञापन

डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका छन्।

तर, सरकारले अहिलेसम्म आगामी महानिरीक्षकको टुंगो लगाएको छैन । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा छन्।

बिज्ञापन

सरकारले आज  बस्ने मन्त्रिपरिषद्‌बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ। करिब ८० हजार जनशक्ति रहेको सुरक्षा संगठनको नेतृत्व चयनको निर्णय समयमा नगर्दा गलत समूहले चलखेल गर्ने मौका पाइरहेको भन्दै अलोचना भएको छ।

प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जस अनुसार एआइजी दीपक थापा महानिरीक्षक बन्ने बलियो आधार छ।

२०८१ चैत्र ४, सोमबार ०१:४४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना