मलेसियाको रावङस्थित गोर्खा रेस्टुरेन्ट की सफल व्यवसायी:रेनुका गुरुङ ले आफ्नो जन्मदिनकोअवसरमा PNCC लाई ह्वीलचेयर प्रदान गर्दै

२०८१ चैत्र ४, सोमबार ०३:०२

काठमाडौं : मलेसियाको रावङस्थित गोर्खा रेस्टुरेन्ट की सफल व्यवसायी रेनुका गुरुङ ले आफ्नो जन्मदिनको उपलक्ष्यमा प्रवासी नेपाली समन्वय समिति (PNCC) लाई ह्वीलचेयर प्रदान गर्नुभएको छ। बिरामी तथा असहाय नेपाली श्रमिकहरूको सुविधाका लागि गरिएको यस सहयोग सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण बनेको छ।

बिज्ञापन

जन्मदिनलाई व्यक्तिगत उत्सवका रूपमा मात्र नलिई समाजसेवामा रूपान्तरण गर्नुभएको गुरुङले “खुशी तब नै सार्थक हुन्छ जब त्यसले अरूलाई सहयोग पुर्‍याउँछ” भन्ने धारणा व्यक्त गर्नुभयो। PNCC मार्फत बिरामीहरूलाई आवश्यक परेमा सहज रूपमा ह्वीलचेयर उपलब्ध गराउने उद्देश्यले उहाँले यो योगदान गर्नुभएको हो।

बिज्ञापन

PNCC ले उहाँको सहयोगप्रति आभार व्यक्त गर्दै, प्रवासी नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षामा यसले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ। समाजसेवामा समर्पित गुरुङको यो कार्य अन्य प्रवासी नेपाली व्यवसायीहरूका लागि पनि प्रेरणादायक बन्न सक्छ।

यस सम्बन्धी जानकारी प्रवास मलेसियामा रहेका पूर्ण लिम्बु ले समष्टि नेपाल खबरललाइ जानकारी दिनुभएको हो।

बिज्ञापन
२०८१ चैत्र ४, सोमबार ०३:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना