यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

२०८१ चैत्र ६, बुधबार ०७:४०

काठमाडौं :  यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-६ घर भएका शम्भुलाल मल्ल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४ चैतमा पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

यौन पेसामा लगाइएका दुई बालिकालाई उनको होटलबाट उद्धारसमेत गरिएको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए ।

बिज्ञापन

पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसोर पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

२०८१ चैत्र ६, बुधबार ०७:४० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना