उत्तम कार्कीलाई न्याय दे भन्दै स्थानीय द्वारा थानकोट वृत्तमा घेराउ

२०८१ चैत्र ९, शनिबार ०९:२९

काठमाडौं : आज अभियन्ता उत्तम कार्कीलाई न्याय दे भन्दै स्थानीयहरूद्वारा थानकोट प्रहरी बृत्त घेराउ गरेका छन् ।

बिज्ञापन

आन्दोलित स्थानीयहरुले हातमा प्लेगार्ड बोकि नारा समेत लगाएका थिए । सोही प्लेकार्डमा उत्तम कार्की लाई न्याय दे भ्रष्ट प्रहरी होसियार पीडितलाई न्याय देउ अपराधीलाई कार्वाही गर  जस्ता लेखिएका थिए ।

बिज्ञापन

एक महिलाले बारम्बार टचर गरेको र आफुलाई पल र सन्दिपलाई जस्तै फसाई दिन्छु । भन्दै धम्कि दिने गरेको र तेहि महिला बाट पटक -पटक आफू कस्टडीमा पुगेको र आफू पीडित भए पनि कुनै निकायले आफ्नो गुनासो नसुनेको भन्दै  आफ्नै शरिरमा पेट्राेल छर्किएर आत्मादह गर्ने प्रयास गरेका थिए।

साथै यसकाे मुख्य कारण नै प्रहरी रहेकोे कार्कीकाे गुनासाे थियो ।प्रहरीले आफ्नो गुनासो नसुनेको भन्दै पेट्रोल छर्किएर आत्मदाहको प्रायस गरेको उनले लेखिएको समाजिक सञ्जालमा भेटिन्छ।
पेट्रोल छर्किएर आत्मदाहा गर्न खोजेको कार्की अहिले उपचार्थ हस्पिटलमा छन्। भने उनलाई यो परिस्थितिमा पुर्‍याउने महिलाको विरुद्ध उजुरी गर्दा प्रहरीले लिन नमानेको र जाहेरी दिदा थानकोट वृत्तले र काठमाडौं परिसरले बेवास्ता गरेको आक्रोशित उनको आमा र स्थानीयहरुको गुनासो रहेका छन् ।

बिज्ञापन

साथै ती पिडित कार्की परिवारले भने पिडादिने महिलालाई  अनुसन्धान नगरीकन उल्टै प्रसय दिएको र प्रहरीको नै मिलेमतो रहेकोे आरोप लगाएका छन् ।

उजुरी दर्ता किन गरिएन भन्ने जवाफ माग्न थानकाेट प्रहरी बृत पुगेका पिडित परिवार सहित पत्रकारहरुलाई प्रहरी बृत थानकोटले प्रवेश नदिएकाे पिडित परिवार तथा सहभागी पत्रकारहरुले जानकारि दिएकाे छ।

oplus_0
oplus_0
oplus_0
oplus_0

२०८१ चैत्र ९, शनिबार ०९:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना