धरान बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकीय लापरबाहीका कारण नवजात शिशुको मृत्यु प्रकरणमा छलफलको तयारी

२०८१ चैत्र १०, आईतवार ०१:४०

धरान: धरान उपमहानगरपालिका-१५ च्याम्जोङ पथ निवासी विक्रम श्रेष्ठ र सबिना प्रधानको नवजात शिशुको चिकित्सकीय लापरबाहीका कारण निधन भएको घटनामा पीडित परिवार र सम्बन्धित निकायबीच छलफलको सहमति जुटेको छ।

बिज्ञापन

पीडित पक्षले दोषी चिकित्सक तथा नर्सहरूको लाइसेन्स खारेज र कानूनी कारबाही सहित क्षतिपूर्ति माग गर्दै आएका छन्। सोही विषयमा निर्णय गर्नका लागि आज बिहान ९ बजे बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनमा छलफल हुने भएको हो।

बिज्ञापन

यो छलफलले घटनाको सत्यतथ्य बाहिर ल्याउने र पीडित पक्षलाई न्याय दिने दिशामा कस्तो कदम चाल्छ भन्ने कुरामा सबैको ध्यान गएको छ। सम्बन्धित पक्षहरूको उपस्थितिमा निष्पक्ष निर्णयको अपेक्षा गरिएको छ।

बिज्ञापन
२०८१ चैत्र १०, आईतवार ०१:४० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना