मोरङको बेलबारीमा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुभारम्भ

२०८१ चैत्र ११, सोमबार ०३:२७

मोरङ : मोरङको बेलबारीमा बेलबारी अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ ।

बिज्ञापन

बेलबारी नगरपालिका वडा नम्वर १ को तमु बुद्धिस्ट गुम्बामा आइतबार देखि सुरु भएको महोत्सवमा नेपाल, भारत र जापानका कलाकारको सहभागिता रहने छ ।

बिज्ञापन

चैत १० देखि १२ गते सम्म सञ्चालन हुने तीन दिवशिय महोत्सवको पहिलो दिन भारतको मनिपुरका कलाकारले आदिवासीको रोदनमा आधारित नाटक प्रस्तुत गरेका छन् ।

सोमबार मण्डला थिएटरका कलाकारले ‘अष्टाङ्गीका झनामको नाटक प्रस्तुत गर्ने छन् ।यसैगरी तेस्रो दिन ‘कान्दाता र शकुन्तला’ नामको जापानिज नाटक प्रस्तुत गरिने छ । जापान र नेपालका कलाकारले संयुक्त रूपमा प्रस्तुत हुने नाटकमा नेपाल र जापानको संस्कृति विविध पक्षलाई देखाइने छ।

बिज्ञापन

कोशी प्रदेश सासंद ज्ञानेन्द्र सुवेदीले महोत्सवको उद्घाटन गर्दै मन्तब्यको क्रममा नाटकका माध्यमबाट समाजलाई नयाँ बाटो देखाउन सकिने बताउनुभयो । आधुनिक चलचित्रको विकास हुनुपूर्व नाटक मनोरञ्जनको प्रमुख विधा रहेको पनि उहाँले बताउनुभयो ।

बेलबारी प्रज्ञा–प्रतिष्ठान की अध्यक्ष रेखा सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा मण्डला थिएटरका सञ्चालक सोमनाथ खनाललगायतले वर्तमान अवस्थामा नाटकको महत्त्वको बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नवराज पराजुलीद्वारा लिखित गीतिनाटक स्कुल समेतको प्रदर्शन गरिएको थियो, भने बेलबारी बहुमुखी क्याम्पसका सात जना कलाकारले प्रस्तुत गरेको नाटक विकास बुढाथोकी र जीवन बरालले संयुक्त निर्देशन गरेका हुन्।

प्रत्येक दिन नाटक हेर्न कलाकार,स्रष्टा सर्जक र सर्वसाधारण हरुको घुईचो लाग्ने गरेको आयोजक संस्था बेलबारी प्रज्ञा प्रतिष्ठान का सचिव कुल प्रसाद बराल ले बताएका छन्।

२०८१ चैत्र ११, सोमबार ०३:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना