राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निष्कर्ष कुलमान घिसिङ लाई सरकारले बदनियतपूर्वक बर्खास्त गरे

२०८१ चैत्र १२, मंगलवार १७:२३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिलाई बदनियतपूर्वक बर्खास्त गरेको निष्कर्ष निकालेको छ ।आज पाटी कार्यालयमा छलफल गर्दै उक्त निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो।

बिज्ञापन

विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको शृंखलाअन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको जनाएको हो।

बिज्ञापन

संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरूबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,’ सोहि जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

बिज्ञापन
२०८१ चैत्र १२, मंगलवार १७:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना