आज देशको केही भु- भागमा चट्याङसहित वर्षा हुने

२०८१ चैत्र १३, बुधबार ०१:०७

काठमाडौं : आज देशको केही ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो ।

बिज्ञापन

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

बिज्ञापन

आज पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसका साथै ती प्रदेशका हिमाली र उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बिज्ञापन
२०८१ चैत्र १३, बुधबार ०१:०७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना