काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर कमिटीले भ्रष्टाचारको विरोध प्रदर्शन कार्यक्रम तय गर्न बैठक बोलाएको हो ।
बिज्ञापन
साथै रास्वपा चन्द्रागिरि नगर कमिटीको आयोजनामा भ्रष्ट र अधिनायकवादी दुई तिहाई सरकार र तिनका मतियारहरूद्वारा संचालित राज्य व्यवस्था विरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम गर्न तथा ध्यानाकर्षण, चेतावनी लगायत देश र जनताको पक्षमा आगामी दिनहरूमा गरिने कार्यक्रमका लागि रणनीति तयार गर्न चैत्र १४ गते बिहीबार बैठक बोलाएको रास्वपा नगर पार्टी सचिव मधुकर बस्नेतले समष्टि नेपाल मिडियालाइ जानकारी दिएका छन् ।
बिज्ञापन
उक्त बैठक चन्द्रागिरि पार्टी प्यालेसमा बिहान ७:३० बजे बस्न लागेको हो। सोही कार्यक्रमले वृहत् जनप्रदर्शनको तयारी गर्ने, नागरिक समाज, स्थानीय बुद्धिजीवी तथा अन्य पार्टीसँग समेत छलफल गरेर एकीकृत विरोध प्रदर्शनको लागि पहल गर्ने रास्वपा नगर कमिटीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्