नुवाकोट : नुवाकोटमा सरकार विरुद्ध माओवादी केन्द्रले प्रदर्शन गरेको छ । सोही प्रदर्शनमा प्रहरी द्वारा हस्तक्षेप भएको हो।
सरकार सञ्चालनको बेथिती र विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई गैह्रकानुनी रूपमा हटाएको भन्दै त्यस बिरोधमा नेकपा माओवादी केन्द्र नुवाकोटले बुधबार बट्टार बजारमा निकालेको बिरोध प्रदर्शन (मसाल जुलुस)मा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले प्रदर्शनमा उत्रिएका मध्ये नेकपा माओवादी केन्दको बागमती प्रदेस कमिटी सचिवालय सदस्य तथा नुवाकोट क्षेत्र नं २ को इञ्चार्ज नबिन पुडासैनी र अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्ष राजेन्द्र पनेरु माथी हस्तक्षेप गर्दै घाइते बनाएको हो ।
प्रदर्शनको क्रममा एक जना माथी एकैसाथ दर्जनौ प्रहरीले एकैसाथ हस्तक्षेप गर्दा उहाँहरु घाइते भएको माओवादी केन्द विदुर नगर कमिटीका अध्यक्ष भोजराज पनेरुले जानकारी दिनुभयो ।
सरकार विरुद्ध नुवाकोटमा माओवादी केन्द्रद्वारा प्रदर्शन प्रहरीद्वारा हस्ताक्षेप

प्रतिक्रिया दिनुहोस्