नुवाकोट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा कार्य समितिलाई वैधानिकता दिएको छ

२०८१ चैत्र १४, बिहीबार ०६:१४

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले जिल्लाका विभिन्न ५० वडा कार्यसमितिलाई वैधानिकता दिएको छ ।

बिज्ञापन

रास्वपाले चैत १२ गतेसम्ममा ३० वटा वडाको अधिवेशन गर्न सफल भएको जिल्ला सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।

बिज्ञापन

यसैगरी, २० वटा वडाको तदर्थ समिति अध्यावधिक भएको र ३८ वटा वडाहरूको अध्यावधिक हुन बाँकी रहेको उनले जानकारी दिए ।

उनले भने, ‘पार्टी अहिले वडा अधिवेशन केन्द्रित रहेको छ । वडा, पालिका अधिवेशन पश्चात् जिल्ला अधिवेशन तयारीमा जुट्नेछौँ।’

बिज्ञापन

हालसम्म वडा कार्य समिति गठन नभएका वडाहरुमा आवश्यक प्रक्रियागत रुपमा विस्तार गरिने उनले बताए ।

उक्त वडाहरुमा तदर्थ कार्यसमिति गठन गर्नको लागि सहज र प्रभावकारी बनाउन सक्रिय सदस्यहरुलाई पार्टीले निर्देशन गरेको जनाएको छ ।

२०८१ चैत्र १४, बिहीबार ०६:१४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना