ललितपुर : आफ्नी बहिनीलाई जिस्काएको निहुँमा ललितपुरमा एक युवकले अर्का ३० वर्षीय युवकको हत्या गरेका छन्।
बिज्ञापन
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार रामेछाप घर भइ हाल महालक्ष्मी नगरपालिका-४ ओचुहाइट बस्ने २५ वर्षीय सुमन रसाइलीले ३० वर्षीय रिपक खातीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
बिज्ञापन
खुकुरी प्रहार गर्ने रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। सुमनले रिपकलाई ओचुहाइटस्थित शिवमन्दिर भेट्नका लागि बोलाएका थिए।
तेसै बेला उनले खुकुरी प्रहार गरी रिपकको हत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्