दोलखा : दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो ४४औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। क्याम्पस प्रांगणमा आयोजित यस विशेष समारोहको अध्यक्षता क्याम्पस सञ्चालन समिति अध्यक्ष अमृत राउतले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रदेश सांसद भरत के.सी. रहनुभएको थियो।
बिज्ञापन
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, क्याम्पस सञ्चालन समिति सदस्यहरू, शिक्षा क्षेत्रमा योगदान पु¥याउने विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी, कार्यालय प्रमुखहरू तथा प्राध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिज्ञापन
प्रतिभाशाली विद्यार्थीहरू सम्मानित-:
वार्षिक उत्सवका अवसरमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। अध्ययनमा उत्कृष्टता हासिल गर्ने छात्र-छात्राहरूलाई मेडल तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, जेहन्दार छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो, जसले उनीहरूलाई उच्च शिक्षा हासिल गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।
बिज्ञापन
उत्कृष्ट प्राध्यापक सम्मानित:-
शिक्षा क्षेत्रको उन्नयनका लागि विशेष योगदान गर्ने प्राध्यापकहरूलाई पनि सम्मान गर्ने परम्परा अनुरूप यस वर्षको “क्याम्पस अफ द इयर” पुरस्कार अन्तर्गत उत्कृष्ट प्राध्यापकलाई सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमै समर्पित रहनुहुने प्राध्यापकहरूको योगदानको कदर गर्दै नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो।
विविध सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू:-
कार्यक्रमको आकर्षणको रूपमा विभिन्न सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। विद्यार्थीहरूले नृत्य, गायन तथा कविता वाचन प्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाएका थिए। यस अवसरमा क्याम्पसमा अध्ययनरत छात्र-छात्राहरूले आफ्नो सिर्जनशीलता प्रदर्शन गर्ने अवसर पाएका थिए, जसले कार्यक्रमलाई अझै मनोरञ्जनात्मक बनाएको थियो।
शिक्षा क्षेत्रको प्रवर्द्धनमा नयाँ योजनाहरू :-
कार्यक्रमका क्रममा क्याम्पस व्यवस्थापन समितिले भावी योजना र सुधारका उपायहरूबारे जानकारी गराएको थियो। विद्यार्थीहरूको सिकाइ वातावरण अझ प्रभावकारी बनाउने उद्देश्यले पुस्तकालय विस्तार, अतिरिक्त शैक्षिक गतिविधिहरूको प्रवर्द्धन, सूचना प्रविधि आधारित शिक्षण प्रणालीको विकास जस्ता कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।
समग्रमा, गौरीशंकर बहुमुखी क्याम्पसको ४४औँ वार्षिक उत्सव शिक्षामा सुधार, विद्यार्थीको क्षमता अभिवृद्धि तथा शिक्षा क्षेत्रको समग्र उन्नयनमा केन्द्रित रहँदै हर्षोल्लासपूर्वक सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस्