काठमाडौंको: जहरसिंगपौवामा,आइतबार देशको पछिल्लो वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै ईसाई समुदायले विशेष प्रार्थना सभा आयोजना गरेका छन् ।
बिज्ञापन
बिज्ञापन
यस प्रार्थना सभामा विभिन्न चर्चका धर्म गुरुहरु, स्थानीय चर्चका सदस्यहरु उपस्थिति रहेको थियो । उनीहरूले देशमा स्थायित्व, मेलमिलाप र शान्ति स्थापनाका लागि सामूहिक रूपमा प्रार्थना गरेका थिए ।
बिज्ञापन
सभामा वक्ताहरूले अहिलेको जटिल परिस्थितिमा सबै नागरिकले सहिष्णुता, आपसी समझदारी र प्रेमको मार्ग अपनाउनुपर्नेमा जोड दिए । साथै, समाजमा बढ्दो अस्थिरता, द्वन्द्व तथा तनावको स्थितिलाई समाधान गर्न सबैले शान्तिपूर्ण उपाय अपनाउनु आवश्यक रहेको बताएका थिए ।
प्रार्थना सभामा सहभागी एक धर्म गुरुले भने, “देशको राजनीतिक तथा सामाजिक अवस्था संवेदनशील छ । हामी विश्वास गर्छौं कि प्रार्थनाले सकारात्मक परिवर्तन ल्याउन सक्छ । त्यसैले हामी सबै मिलेर परमेश्वरसँग देशको भलाई र शान्तिको लागि प्रार्थना गरिरहेका छौं ।”भने
कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उनले बताए । आयोजकहरूको भनाइ अनुसार, यस्ता प्रार्थना सभाहरू आगामी दिनमा पनि निरन्तर भई रहने बताउनु भएको थियो।
साथै प्रार्थना पछि खाना खाइ कार्यक्रम समाप्त भएको बताए ।
|
प्रतिक्रिया दिनुहोस्