राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलाई पक्राउ गर्न जाँदा अन्तिम इच्छा सोध्ने डीएसपी

२०८१ चैत्र २३, शनिबार ०९:१७

काठमाडौं : शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न निवासमै पुग्दा एक प्रहरी अधिकारीले देखाएकाे ‘हर्कत’काे चारैतिर विरोध भइरहेको छ।

बिज्ञापन

लामिछानेलाई पक्राउ गर्ने टोलीकाे सदस्यका रुपमा त्यहाँ गएका डीएसपी दीपक खड्काले सुरुमै ‘अन्तिम इच्छा’ सोधेपछि उनको आलोचना भइरहेको छ। उनको हर्कतको रास्वपा नेताहरूले ठाउँको ठाउँ प्रतिवाद गरेपछि खड्काले आफ्नो भनाइ सच्याएका थिए।

बिज्ञापन

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने आदेश खरेज गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएलगत्तै प्रहरी टोली पक्राउ गर्न काठमाडौंको हात्तिगौडास्थित उनको निवास गएको थियो।

यतिसम्म कि, संसदकै चौथो ठूलो दलका सभापति त्यसमाथि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गर्न डीएसपी खड्का सहितको टोली बिना पूर्जी पुगेको थियो। त्यसमा पनि प्रहरीको रवैया असामान्य देखियो।

बिज्ञापन

लामिछानेले पक्राउ पूर्जी मागेपछि प्रहरीले उनलाई भन्दै थियो, ‘अदालतको आदेश आइसकेपछि किन चाहियो पक्राउ पूर्जी?’ यद्यपि प्रहरीले उनकै अघि पक्राउ पूर्जी बनाएपछि लामिछानेले गिरफ्तारी दिएका थिए।

२०८१ चैत्र २३, शनिबार ०९:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना