दलित परिवारमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट उल्टै अपहरण मुद्दामा फसाइदिने धम्की

२०८० कार्तिक १७, शुक्रबार ०५:४३

काठमाडौं,
कार्तिक १७ महोत्तरीमा दलित परिवारलाई बोक्सी भन्दै उनको परिवारमाथि निर्घात कुटपिट भएको छ।
गौशाला नगरपालिका–११ लक्ष्मीनियाकी ६५ वर्षीया इतरियादेवी रामसहित परिवारका ७ जना सदस्यहरूमाथि आक्रमण भएको छ ।
स्थानीय सन्तोष यादव, विनोद पासमान र राम केवल भनिने केवल महतो नुनियाका परिवारले बुधवार बिहान इतरियादेवी परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट इतरियादेवी, उनकी श्रीमान राजेन्द्र राम, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम तथा बुहारीहरू सम्तोलियादेवी, सुन्दरदेवी र भान्जी कृष्णी कुमारी घाइते भएका छन्। इतरियादेवीको टाउको फुट्नुका साथै बायाँ हातसमेत भाँचिएको छ। उनको शरीरभरि चोट लागेको डामैडाम छन्। सुरेन्द्रको टाउको फुटेर ६ वटा टाँका लगाउनुपरेको छ भने सम्तोलियादेवीको कम्मरमा गम्भीर चोट लागेको छ। बाँकी सदस्यलाई भने समान्य चोटपटक लागेको प्रहरीले जनाएको थियो ।

बिज्ञापन

इतरिया र सम्तोलियाको जनकपुरस्थित सहयोगी अस्पतालमा उपचार भइरहेको छ। देवेन्द्र र सुरेन्द्रको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रामचन्द्र र सुन्दरदेवी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक गिरीले बताए।

बिज्ञापन

उनका अनुसार यसअघि पनि इतरिया परिवारमाथि कुटपिट भएको थियो।
कतिपय अवस्थामा समाजले पीडितलाई प्रहरी र कानुनी दायरमा ल्याउन दिइरहेको हुँदैन। त्यसले पनि घटना दोहरिएको हो। पीडित परिवारमाथि ज्यादती नै भएको छ। हामीले उनीहरूलाई न्यायका लागि कारबाही प्रक्रिया अघि बढाइसक्यौं, डिएसपी गिरीले भने। पीडित परिवारका अनुसार इतरियालाई घरमलमुत्र खुवाउने तयारी थियो। गत असोज २७ गते उनको घरै जलाउने समेत प्रयास भएको थियो। पीडित परिवारका अनुसार कुटपिट गरेकामध्ये विनोद झाँक्री हुन्। उनैले इतरिया बोक्सी रहेको र उसले टोलका धेरैजनाको परिवारलाई भुतप्रेतको शक्तिले दुःख दिइरहेको बताउँदै आएका छन्। झाँक्रीले नै बोक्सी घोषित गरिसकेपछि टोलका अधिकांश व्यक्ति इतरियाको विरोधमा उत्रिए।

बिज्ञापन
२०८० कार्तिक १७, शुक्रबार ०५:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना