राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटकाे अधिवेशन सम्पन्न अध्यक्षमा छिरिङ तामाङ

२०८१ चैत्र २५, सोमबार १०:२०

नुवाकोट : राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको साताैँ वार्षिक साधारणसभा तथा तेस्राे जिल्ला अधिवेशन तामाङ प्लाजा बट्टार नुवाकोटमा अाईतबार सम्पन्न भएको छ । अध्यक्षमा चलचित्रकर्मी छिरिङ तामाङ निर्वाचित भएका छन् । कार्यसमितिमा अध्यक्षमा नायक छिरिङ तामाङ , बरिस्ठ उपाध्यक्षमा उत्तम भण्डारी, उपाध्यक्षमा सन्दिप तामाङ, महिला उपाध्यक्षमा माेडल राेजी रुम्बा, उपाध्यक्षमा चर्चित गायिका जानुका तामाङ, सचिवमा कलाकार पुजा तामाङ, सह सचिवमा सुनिता तामाङ (शिवपुरी), प्रवक्तामा बिमल गुरुङ, काेषाध्यक्षमा मन्दकिनी रिमाल, सह काेषाध्यक्षमा सुनिता तामाङ (म्यागङ) र सदस्यहरुमा गायिका बिमला लामा, कलाकार विजय तामाङ, रमेश तामाङ, अनिशा तामाङ, प्रेम तामाङ, निरज तामाङ, राधिका रिमाल, ठाकुर लामा लाे, ठुली माया तामाङ, शेरप रुम्बा, भेमसेन थापा लगायतका सदस्य तथा पदाधिकारीहरु निर्वाचित भएका हुन् ।

बिज्ञापन

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व संस्कृति पर्यटन नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङ , विशेष अतिथिका रुपमा बागमती प्रदेशका प्रदेश सभा सदस्य रमेशकुमार महत, राष्ट्रिय संगीतकर्मी संघमा केन्द्रीय अध्यक्ष बहुचर्चित गायक प्रकाश कटुवाल, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र बिक्रम सिङ ठकुरी, युवा नेता तथा समाजसेवी सुशील खड्का, राजु थापा, तादी गाउँपालिका प्रमुख सन्तमान तामाङ, संस्थाका प्रभावशाली केन्द्रीय उपमहासचिव तथा राष्ट्रिय स्वतन्त्रता पार्टीका नेता मान बहादुर तामाङ, तरुण दलका अध्यक्ष गुरुङ, संस्थाका बागमती प्रदेश सचिव करण तामाङ, अध्यक्ष दावा फिन्जाे, दिनेश तामाङ लगायतको विशेष उपस्थिति र सम्बाेधन रहेको थियोे ।

बिज्ञापन

नुवाकोटमा उक्त संस्थाकाे पहिलो अधिवेशन २०७४ मा भएको थियोे । नुवाकोटमा संस्थापककाे रुपमा रामहरि भण्डारी करण तामाङ र दिनेश तामाङ लगायतको समुह रहेको थियोे ।

बिज्ञापन
२०८१ चैत्र २५, सोमबार १०:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना