जुनियर मिस एण्ड मिस्टर इन्डिजेनश २०२५ सम्पन्न उपाधि सम्पदाको हातमा

२०८१ चैत्र २५, सोमबार १०:२५

काठमाडौ । जुनियर मिस एण्ड मिस्टर इन्डिजेनश २०२५ माघ २७ गते राष्ट्रिय नाचघर ( सांस्कृतिक संस्थान) काठमाडौंमा सम्पन्न भएको छ । NRD Entertainment काे अायाेजना र निम्रत लामा ( नम्रता लामा) काे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । ५ देखि १४ वर्षसम्मका बालबालिकाहरुकाे क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ अायाेजना र सम्पन्न गरेको थियोे । जुनियर मिस एण्ड मिसेस २०२५ काे उपाधि रामेछापकि १२ वर्षकी सम्पदा तामाङले हात पारेकी छिन् ।

बिज्ञापन

फस्ट रनरअप म्याग्दीकी बिनिशा भट्टचन थकाली, सेकेन्ड रनरअप धादिङकि सरिका सारु मगर, थर्ड रनरअप रामेछापकि संरक्षण तामाङ र अन्तिम फाेर्थ रनरअप नुवाकोटकि निङमा लामा भएका छन् ।

बिज्ञापन

अफिसियल काेरियाेग्राफरका रुपमा मिस ट्यालेन्ट नेपाल २०२४ कि रनरअप स्मृति तामाङ र असिस्टेन्ट काेरियाे भने मिस तामाङ वर्ल्डकी नमुना तामाङले गरेका थिए । नम्रता लामा ( निम्रत लामा)काे अायाेजना र पायल बुढाथोकीकाे सहकार्यमा रहेको उक्त इभेन्टमा नम्रता ट्रष्ट नेपाल, ग्रेस इभेन्ट, मुना कलेक्शन, कूहिनुर फेन्सी स्टाेर, करण ड्रिम्स फाउन्डेसनको साथै मेकप पार्टनरका रुपमा राज ब्युटी एकेडेमी एण्ड स्टुडियो रहेको थियोे ।

मिडिया पार्टनरहरुमा डि.एन.एफ खबर डटकम, समय दृष्टि साप्ताहिक, टप नेपाल न्युज, ग्लाेबल अनलाइन, समष्टि नेपाल र परिवर्तन मिडिया रहेकाे थियोे । इभेन्टकाे प्रमुख शिर्षक बाहेक विभिन्न सह शिर्षकमा अवार्डहरु पनि प्रदान गरिएको थियोे । बेस्ट फाेटाेजेनिक अवार्ड शुभम दराई, बेस्ट हेयर अवार्ड अभिजित ठाकुर, अर्गनाईजर चाेईस बेस्ट अवार्ड अस्मिता तामाङ र बेस्ट डिसिप्लिन अवार्ड शुभेच्छा दराईले हात पारेकाे हाे ।

बिज्ञापन

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका नेता तथा समाजसेवी विजय कुमार स्याङतानले सम्बाेधन गरेका थिए । एन अार डि इन्टरटेनमेन्ट प्रा.लीले विगतमा पनि मिस ट्यालेन्ट नेपाल २०२४, मिस एण्ड मिसेस नुवाकोट लगायतका विभिन्न इभेन्टहरु सम्पन्न गरिसकेका छन् । इभेन्टकाे विजेता उपविजेता सबैलाई विभिन्न पुरस्कारहरु, ट्रफी, प्रमाणपत्र लगायत प्रदान गरिएको थियोे ।

यस जुनियर मिस एण्ड मिस्टर इन्डिजेनश २०२५ लाई पनि सफल बनाउनका लागि साथ दिने र सहभागी सम्पुर्ण प्रतियोगिहरुमा अायाेजक समितिका अध्यक्ष नम्रताले धन्यवाद व्यक्त गरेका छन् ।

२०८१ चैत्र २५, सोमबार १०:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना