काठमाडौं : रुपन्देही कारागार चलान भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना नेताकार्यकर्ता, शुभेच्छुक, समर्थकहरुका लागि ४ सन्देश पठाएका छन् ।
बिज्ञापन
यद्यपि कारगार चलान भएपछि उनले सन्देश पठाएको उनको सचिवालयले जनाएका छन् ।
उनको सचिवालयले दिएको जानकारी अनुसार यस्ता छन् रवि लामिछानेका ४ सन्देशः-
बिज्ञापन
१) अदालतको आदेशको सम्मान छ। कानूनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।
२) न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।
बिज्ञापन
३)पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला। सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताको बीचमा पुर्याउनुस्।
४)अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।
प्रतिक्रिया दिनुहोस्